नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ माघ ।
काठमाडौंमा भिजिबिलिटी कम भएपछि मलेसियाको क्वालालम्पुरबाट नेपाल आएको नेपाल एयरलाइन्सको विमान काठमाडौंमा अवतरण हुन नसकेपछि भारततर्फ डाइभर्ट गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम भएपछि नेपाल एयरलाइन्सको आरए-४१६ विमान कोलकाता डाइभर्ट गरिएको हो । डाइभर्ट भएको नेपाल एयरलाइन्सको विमान कोलकाता पुगेर अवतरण गरेको छ ।
त्यस्तै बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको श्री एयरलाइन्सको ४४० विमान पनि काठमाडौंमा अवतरण गर्न नसकेपछि झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । आज (शुक्रबार) बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कम छ ।