नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ माघ ।
सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाएका छन् । आज (शनिबार) बिहान ११ बजेका लागि सभामुख घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्ने संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकरी दिए । सभामुखमा निर्वाचित भएपछि घिमिरेले पहिले पटक सर्वदलीय बैठक बोलाएका हुन् ।
यही माघ ५ गते प्रतिनिधिसभाबाट १६७ मत प्राप्त गर्दै घिमिरे सभामुखमा निर्वाचित भएका हुन् ।