नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ माघ ।
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राजनीतिक दलहरूबीच सहमति र सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन सहमति र सहकार्य बिना राष्ट्रिय राजनीतिमा सन्तुलन नहुने दाबी गरेका छन् । केसीले देश एकातिर ऋणको भारी, अर्कोतिर भ्रष्टाचारको महामारीमा डुब्ने अवस्थामा रहेको बताए ।
त्यस्तै केसीले राष्ट्रिय राजनीतिमा सन्तुलन र संयोजनको व्यवस्थित उपयोग हुनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।
भिडियो :