नवकान्तिपुर संवाददाता
काठमाडौं, १० माघ ।
प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन गरेको छ । आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकले उक्त समिति गठन गरेको हो ।
प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न बनेको २१ सदस्यीय समितिमा अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेश बर्तौला, रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्ति बस्नेत, सवेन्द्रनाथ शुक्ल, सीता गुरुङ, सुवासचन्द्र नेम्बाङ, सोबिता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकले मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । समितिले १५ दिनभित्र सो मस्यौदा तयार पारी प्रतिनिधिसभा बैठकमा पेश गर्ने कार्यादेश दिइएको प्रस्तावका प्रस्ताव सांसद देवेन्द्र पौडेलले जानकारी दिए ।