नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ माघ ।
बागमती प्रदेशमा ११ मन्त्रालय कायम हुने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गरेको हो । यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाएको थियोे ।
सो प्रतिवेदनमा बागमती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियोे । त्यस्तै आज (बुधबार) माअपराह्नसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ ।