सर्वोच्चमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध रिट दायर

सर्वोच्च अदालतमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको रोक्न माग गर्दै रिट दायर भएको छ । बुधबार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध सर्वोच्चमा रिट दायर भएको हो ।

अधिवक्ता ज्ञानेन्द्रराज आरणले रिट दायर गरेका हुन् । संविधान विपरीत निर्वाचनको मिति तय गरेको उल्लेख गर्दै आरणले रिट दायर गरेका हुन् । निर्वाचनआयोगलाई विपक्षी बनाइएको रिटमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्दा कानुनको उल्लङ्घन भएको उल्लेख छ ।



राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ४ ले कार्यकाल सकिनुभन्दा एक महिनाअघि चुनाव गर्नुपर्ने व्यवस्था गरे पनि आयोगबाट त्यसको अवज्ञा भएको रिट निवेदनमा उल्लेख छ । आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते र उपराष्ट्रपतिका निर्वाचन आगामी चैत ३ गते गर्ने निर्णय गरेको थियो ।

 

सम्बन्धित समाचार