नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू अभिमन्यु नभएको बताएका छन् । आज (बिहीबार) दिउँसो सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।
त्यस्तै लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । उनले आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न भनेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनी हाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन ।’
शुक्रबार सर्वोच्च अदालतले नागरिकता सम्बन्धी मुद्दामा फैसला गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संसद पद खारेज गर्यो । सांसद पद खारेज खारेजपछि उनले मन्त्री पदसहित प्रतिनिधिसभा सदस्य र पार्टीको सभापति पद पनि गुमाए । त्यसपछि उनी आफ्नो नागरिकता प्रक्रियाको लागि गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट कानूनबमोजिम पुनः नागरिकता प्राप्त गरेका थिए । नागरिकता प्राप्त गरेपछि उनी गृहमन्त्रीमा आफ्नो पुन: नियुक्ति हुनुपर्ने बताउदै आएका छन् ।