नवकान्तिपुर संवाददाता
काठमाडौं, २० माघ ।
नेपाल प्रहरीका १५० जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा गरेको छ । बिहीबार प्रहरी प्रधान कार्यालयले १५० जना डिएसपीको सरुवा गरेको हो ।
त्यस्तै प्रहरी प्रधान कार्यालयले ९५ प्रहरी उपरीक्षक (एसपी) को पनि सरुवा भएको छ । प्रहरी महानिरीक्षक धीरजप्रसाद सिंहको बिहीबारको निर्णयअनुसार उनीहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । डीएसपी सुवा बुढाथोकीलाई रसुवामा सरुवा गरिएको छ भने प्रहरी वृत्त कीर्तिपुरमा राजु लामालाई र प्रहरी वृत्त ठिमीमा रविन श्रेष्ठको सरुवा भएको छ ।
०७८ माघ १९ गतेको निर्णयअनुसार ०७९ को माघ महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले यसअघि काजसरूवा गरेका ४२ जना र नयाँ ५३ जनाको सरूवा पनि निकालेको हो ।
यस्तो छ सूची :