सन्दीप लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले दियो यस्तो आदेश

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । आज (शुक्रबार) न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो ।

फुयाँलले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात (कैफियत प्रतिवेदन) झिकाउने आदेश दिएका हुन् । सन्दीपलाई के कति आधारमा धरौटीमा छाड्ने आदेश दिइएको हो भन्दै उच्च अदालत पाटनबाट कैफियत प्रतिवेदन माग गर्ने गरी सर्वोच्चले आदेश गरेको हो । बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर तथा थुनामै राखेर मुद्दा पूर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन दर्ता भएको थियो ।



नेपाल सरकारको तर्फबाट नायव महान्यायाधिवक्ताद्वारा दायर निवेदनमा उच्च अदालत पाटनको गत पुस २८ मा भएको आदेशमा प्रतिवादी लामिछानेलाई थुनामा राखी मुद्दा पूर्पक्ष गर्नुपर्ने उल्लेख छ ।यसअघि लामिछानेलाई पुष २८ गते उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

यो पनि पढ्नुस –

सन्दीपलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन

सम्बन्धित समाचार