नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ माघ ।
नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । आज (शनिबार) ललितपुरको बालकुमारीमा बैठक सुरु भएको हो ।
बैठक दुई दिनसम्म चल्नेछ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बैठकको उद्घाटन गरेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पार्टीको पहिलोपटक बस्न लागेको हो ।
त्यस्तै बैठकमा अध्यक्ष माधवकुमार नेपालले २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । नेपालले सार्वजनिक गरेको प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक शक्ति लगायत विभिन्न राजनीतिक आयामहरुको बारेमा चर्चा गरिएको छ । उक्त प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
सरकारको कार्यशैली मूल्याङ्कन, संसद्मा पार्टीको थप प्रभावकारी भूमिका, जनजीविकाका साथै पार्टीका विभिन्न तहका कमिटीले सङ्गठन निर्माणमा गरेका निर्णय अनुमोदन गरिने छ । बैठकले आवश्यकताअनुसार केन्द्रीय नेताको जिम्मेवारी हेरफेरसमेत गर्नसक्ने जनाइएको छ । सङ्गठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिने छ ।
आफ्ना सबै कमिटी, विभाग र मोर्चा सङ्गठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्न निर्देशन दिएको पार्टीले सङ्गठन निर्माणलाई जोड दिएको छ ।
राजनीतिक प्रतिवेदन :