नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ माघ ।
प्रतिनिधिसभाको बैठक बस्दैछ । आज (आइतबार)नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा बैठक सञ्चालन हुनेछ ।
आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमका बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यसबाहेक आजको बैठकमा कुनै कार्यसूची समावेश छैन ।