रास्वपाका मन्त्रीहरुले बुझाए प्रधानमन्त्री प्रचण्डलाई राजीनामा

सरकारबाट बाहिरिने निर्णय गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् । आइतबार प्रधानमन्त्री निवास पुगेर रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

रास्वपाको तर्फबाट प्रचण्ड नेतृत्वको सरकारमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोसिमा कार्की राजीनामा बुझाएका हुन् ।



यसअघि आइतबार नै बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । तर पार्टीले सरकारलाई दिँदै आएको समर्थन भने कायमै रहने बताएको छ ।

सम्बन्धित समाचार