नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ माघ ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्ने बताएका छन् । सोमबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारमा सामेल नहुँदै भन्दै प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्ने स्पष्ट पारे । कोइरालाले भने, ‘कांग्रेस सरकारमा सहभागी हुँदैन । प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ ।’
उनले राष्ट्रपति पदमा कांग्रेसका उम्मेदवार हुने भए पनि कांग्रेस अहिले नै सरकारमा सहभागी नहुने दाबी गरे । राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उनको धारणा थियो । कोइरालाले राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको बताए ।