नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ माघ ।
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । आज (मंगलबार) राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा अर्यालले शपथ लिएकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसंवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीको पनि सहभागिता थियो ।
उपाध्यक्ष अर्याल सोमबार मात्रै उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनले आजै आफ्नो पदभार ग्रहण गर्ने कार्यक्रम छ ।