नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ फागुन ।
खाना पकाउन प्रयोग हुने ग्याँस सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारी घाइते भएका छन् । बुधबार राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिण्डर विस्फोट भएपछि नेता भण्डारी घाइते भएका हुन् ।
विस्फोटसँगै उनकी की आमा ८६ वर्षीया हरिकलासमेत घाइते भएकी छिन् । राति खाना खाइसकेपछि सुतेको बेला सिलिण्डर विस्फोट भएको थियो । उनीहरुको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा गए राति नै उक्त अस्पताल पुग्नु भइ नेता भण्डारी र उहाँकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र उनीहरुको अवस्था गम्भीर रहेको सामाजिक सञ्जालमा लेखेका छन् । नेता भण्डारी गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।