मृत अवस्थामा ५ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँबस्ती फुटसल ग्राउण्ड नजिक चौरमा हाल नाम, थर, वतन नखुलेका ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै मोरङ, विराटनगर महानगरपालिका-१९ बस्ने २८ वर्षीया प्रियका सुनारको बुढिगंगा गाउँपालिका-२ अमाही बस्ने नरसिंह चौधरीको गोठमा सोमबार दिउँसो शव फेला परेको छ । उक्त गोठमा प्लाष्टिकको बोराभित्र उनको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले घटनामा शंकास्पद ४ जनालाई नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।



यस्तै उदयपुर, कटारी नगरपालिका-४ मा हाल नाम, थर तथा एकिन वतन नखुलेका बंगलादेश घर बताउने करिब ४५ वर्षीय पुरुष गएराति मृत अवस्थामा फेला परेका छन् । उता तनहुँ, ब्यास नगरपालिका-५ पतेनी घर भई सोही ठाउँस्थित बेनिपाटन डेरा गरी बस्ने ४० वर्षीया सुनीता थापा सोही ठाउँस्थित बसन्ती थापाको घरको पेटीमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

यता पर्वत, कुश्मा नगरपालिका-५ मोदिबेणीस्थित मोदिखोलाको किनारमा फलेवास नगरपालिका-१० कुर्घा बस्ने १८ वर्षीय प्रतिक चपाई सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार