नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ फागुन ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । दाङ, शान्तिनगर गाउँपालिका-३ भलानेटी बस्ने ६५ वर्षीया तोता कला घर्ती आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यस्तै काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-९ हात्तीडाँडा बस्ने ३४ वर्षीय प्रलाद कार्की आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता चितवन, भरतपुर महानगरपालिका-१६ काभ्रेघाटस्थित नारायणी नदीमा सोही महानगरपालिका-१० बस्ने माडी नगरपालिका-५ घर भएका १६ वर्षीय रितेश थापा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
उनी शिवरात्रीको दिन तनहुँ देबघाटस्थित नारायणी नदीमा नुहाउने क्रममा डुबेर बेपता भएको बुझिएको छ । यस्तै अछाम, मेल्लेख गाउँपालिका-३ दर्वा बस्ने ५२ वर्षीय दाने कामी आफ्नै घरबाट करिब १ सय मिटर टाँढा नाउलो भन्ने ठाँउमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यता स्याङजा, गल्याङ नगरपालिका-८ बग्रादी बस्ने ५५ वर्षीया दुर्गा बिक आफ्नै घरको सुत्ने कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । उता तेह्रथुम, फेदाप गाउँपालिका-५ ईसुबू बस्ने ६२ वर्षीय जयनारायण दुलाल आफ्नै घरको आगो बाल्ने अगेनामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

