मृत अवस्थामा ५ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । भक्तपुर, चाँगुनारायण नगरपालिका-४ हलचापस्थित आफ्नै टहरोमा नुवाकोट टाडी गाउँपालिका-२ घर भई सोही स्थानमा मजदुर काम गर्ने ५५ वर्षीय रामशरण अधिकारी सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै कैलाली, कैलारी गाउँपालिका-८ लोहनपुर बस्ने ५२ वर्षीया चुन्की डगौरा थारु आफ्नै घरको कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यता दार्चुला, मालिकार्जुन गाउँपालिका-८ गोरेकाडाँ बस्ने ५० वर्षीय ईन्द्र सिंह धामी सोही ठाउँस्थित पस्ती बजार नजिक नवलधार भन्ने ठाउँमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै काठमाडौं महानगरपालिका-९ विजय चोकस्थित निर्माणाधिन घरमा रामेछाप खिम्ती घर भएकी ४५ वर्षीय साहिला तामाङ सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ बालुवाखानीस्थित टहरामा बस्ने मोरङ घर भएका ५२ वर्षीय लाल बहादुर धिमाल आइतबार सोही टहरामा मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार