नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ फागुन ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । चितवन भरतपुर महानगरपालिका-१० कालिका चोक डेरा गरी बस्ने हाल नाम, थर, वतन नखुलेकी अन्दाजी १९ वर्षीया महिला बिहीबार आफ्नै डेरा कोठामा मृत अवस्थामा फेला परेकी छिन् ।
त्यस्तै नवलपरासी(पश्चिम), सरावल गाउँपालिका-१ बासा चोकस्थित सिताराम ग्यारेजमा काम गरी बस्ने भारत बिहार चम्पापुर सिमनाहा घर भएका ४५ वर्षीय उदय हरिजन आफ्नै सुत्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । यता झापा, बुद्धशान्ती गाउँपालिका-४ हापेन चोकस्थित निर्माणाधिन पक्की घरमा सोही ठाउँस्थित बाझो खेत बस्ने २९ वर्षीय अनिल लिम्बु बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै बर्दिया, गुलरिया नगरपालिका-८ भादा नदीमा सोही नगरपालिका-२ जैनपुर बस्ने ४६ वर्षीया मायावती चमार बुधबार मृत अवस्थामा फेला परेकी छन् । उता प्यूठान, ऐरावती गाउँपालिका-४ हर्नाघाटस्थित पखचौर बस्ने ५५ वर्षीय जित बहादुर रोका आफ्नै घरदेखि करिब ८ सय मिटर टाढा हाडीखोलाको छाँगा भन्ने स्थानमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

