
नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले सहरी विकास मन्त्रालय र महानगरपालिका लगायत सरोकारवाला निकायहरूमा ज्ञापनपत्र बुझाई आगामी जेठ १ गतेबाट बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहरमैला बिसर्जन गर्न नदिने जनाएको छ ।
विगतमा गरेका कुनै पनि सम्झौताहरू पूरा नगरेको र प्रभावित क्षेत्रका जनतालाई दिएको अश्वाशन पनि लागु नगरेकोले स्थानीय आक्रोसित बनेका छन् । स्थानीय जनताहरू अन्ततः पुनः आन्दोलन गर्न बाध्य भएका र अब हुने आन्दोलनले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जन गर्ने कार्य सदाको लागि बन्द हुन सक्ने सरोकार समितिका संयोजक श्रीराम ढुङ्गाना र उप संयोजक सनत उप्रेतीद्वारा सयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा २०८० वैशाख मसान्तसम्मको अल्टिमेटम दिएको छ । नागरिकले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार राज्यले हनन् गरेको अति प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको आरोप छ ।
संघीय र स्थानीय दुवै सरकार जिम्मेवार बन्न नसकेकोले स्थिति थप जटिल बन्दै गएको स्थानीयको गुनासो छ । ‘प्रभावित क्षेत्रलाई मानव बस्तीरहित क्षेत्र कायम गर्ने वा फोहोरमैला निषेधित क्षेत्र कायम गर्ने भन्ने हाम्रो लडाइँको आधार हो’ प्रभावित क्षेत्र सरोकार समितिका संयोजक ढुङ्गाना बताउछन् ।
पटक पटक सरोकारवाला निकायको ध्यानआर्कषण गराउँदा पनि विश्वास योग्य कार्यान्वयन आरम्भ भएन भने बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहरमैला विसर्जन गर्ने कार्य सदाको लागि रोकिन सक्ने उपसंयोजक उप्रेतीको भनाइ रहेको छ ।
विज्ञप्ति –

