
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । काभ्रे, बनेपा नगरपालिका-१० बामेल फिल्म हलको पेटीमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३९ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै बझाङ, सुर्मा गाउँपालिका-२ पटुरी बस्ने १८ वर्षीय किसन बोहरा सोही गाउँपालिका-२ पानीपारा खोलाको किनारमा बुधबार मृत अवस्थामा फेला परेका छन् । मंगलबार दिउँसो सोही गाउँपालिका-१ दौलिचौरतर्फ घुम्न जान्छु भनि गएको र राति सम्म घर नआएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी पोखरीछापबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला पारेको हो ।
यस्तै मुस्ताङ, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ ताङ्बे बस्ने विश्चप्रेम गुरुङको घरमा काम गर्दै आएको हाल नाम, थर, वतन नखुलेको ३८ वर्षीय पुरुष सोही ठाउँस्थित कालिगण्डकी नदी किनारको बगरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

