नवकान्तिपुर संवाददाता
काठमाडौं, १० चैत ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । पाँचथर, मिक्लाजुङ गाउँपालिका-८ बुधबारे पाँचथर घर भई हाल फिदिम नगरपालिका-१ गडि लाईन डेरा गरी बस्ने फिदिम नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत ४७ वर्षीय प्रवेश कुमार श्रेष्ठ आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै पाल्पा, माथागढी गाउँपालिका-३ खिरैलिधारा बस्ने २९ वर्षीय ज्ञान बहादुर थापा आफ्नै घरको कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता कैलाली, धनगढी उपमहानगरपालिका-८ डेरा गरी बस्ने डडेल्धुरा अमरगढी नगरपालिका घर भएका ५५ वर्षीय गणेश कठायत आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-२ गाम्चास्थित धोबिखोलाको किनारमा सोही नगरपालिका-१३ बस्ने ७० वर्षीय काजिलाल श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेका छन् । उता मकवानपुर, भिमफेदी गाउँपालिका-१ स्याउली बस्ने ५५ वर्षीय सोर्जे पुलामी मगर सोही ठाउँस्थित सामरी खोलाको छेउमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यता रूपन्देही, बुटवल उपमहानगरपालिका-४ स्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।