नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ चैत ।

हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शनिबार) कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत लुम्बिनी, गण्डकी ,बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन / चट्याङ्ग तथा हावा-हुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

