नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ चैत ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । नुवाकोट, बेलकोटगढी नगरपालिका-९ बाघखोर बस्ने ४५ वर्षीय बीर सिंह तामाङ सोही ठाउँस्थित बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै लमजुङ, क्व्होलासोथर गाउँपालिका-८ घाम्राङ बेशीस्थित बारीमा सोही गाउँपालिका-८ घिचे बस्ने ८० वर्षीय नन्द लाल गुरुङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै मोरङ, सुन्दरहरैचा नगरपालिका-५ स्थित साझेदारी वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

