आईपीएलमा लखनउद्वारा राजस्थान पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्स विजयी भएको छ । बुधबार राति भएको खेलमा लखनउले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको हो ।

जारी प्रतियोगितामा लखनउको यो चौथों जित हि भने राजस्थानको दोस्रो हार हो । भारतको सवाई मानसिंह स्टेडियम जयपुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । लखनउका लागि ओपनर कायल मेयर्सले ५१ रनको अर्धशतकीय पारी खेले भने कप्तान केएल राहुलले ३९ रनको योगदान दिए ।



लखनउ

त्यस्तै मार्कस स्टोईनसले २१ रन बनाई आउट भए भने निकोलस पुरनले २० रन जोडे। राजस्थानका लागि रविचन्द्रन आश्विनले २ विकेट लिए भने सन्दीप शर्मा, जेसन होल्डर र ट्रेन्ट बोल्टको भागमा समान १-१ विकेट रह्यो ।

१५५ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४४ रन मात्र बनायो । राजस्थानका लागि यशस्वी जैसवालले ४४ रन बनाए भने जोस बटलरले बलमा ४० रन बनाए । यी दुई ओपनरले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेपनि मध्यक्रमका ब्याट्सम्यानले उल्लेखनिय प्रदर्शन गर्न नसक्दा टोलीले साँघुरिलो हार व्याहर्यो ।

राजस्थान

यस्तै देवदत्त पाडिकलले २६ रन बनाए । लखनउका लागि आभेस खानले ३ विकेट लिए भने मार्कस स्टोइनसको भागमा २ विकेट रह्यो । चौथो जितसँगै लखनउ ६ खेलमा ८ अंक जोड्दै दोस्रो स्थानमा छ भने समान खेलमा ८ अंक नै जोडेको राजस्थान रनरेटमा लखनउलाइ पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

सम्बन्धित समाचार