नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ बैशाख ।
नेपाली क्रिकेटर सन्दीप लामिछानेले एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने दुर्लभ कीर्तिमान बनाएका छन् । राजधानीमा जारी एसिसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा विकेट लिएसँगै सन्दीपले एक सय विकेट पूरा गरेका हुन् ।
लामिछानेले अफगानिस्तानका राशिख खानको सर्वाधिक कम खेलमा एक सय विकेट लिने कीर्तिमान तोडेका हुन् । खानले २०१८ मा ४४ एकदिवसीय अन्तराष्ट्रिय खेलमा एक सय विकेट पूरा गरेका थिए ।
उक्त कीर्तिमान तोड्दै सन्दीपले आफूले खेलेको ४२ एकदिवसीय अन्तराष्ट्रियमा एक सय विकेट पूरा गरेका छन् । १०० औं विकेट लिने क्रममा उनले ओमानका अदिल शफिकलाई आउट गरेका थिए । सन्दीप नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी हुन् ।
सन्दीपले २०१८ अगस्ट १ का दिन नेदरल्याण्ड्स विरुद्ध ओडिआईमा डेब्यु गरेका थिए । र उनको बेस्ट बलिङ फिगर ६/११ हो ।