नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ बैशाख ।
भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)मा चेन्नाई सुपर किंग्स विजयी भएको छ ।शुक्रबार राती भएको खेलमा चेन्नाईले सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको हो ।
जारी प्रतियोगितामा चेन्नाईको यो चौथो जित हो भने हैदराबादको चौथो हार । चेन्नाईको घरेलु मैदान एम ए चितम्बरम स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३४ रन मात्र बनाएको थियो ।
हैदराबादका लागि अभिषेक शर्माले ३४ रन बनाए भने मार्को यानसन २७ रनमा अविजित रहे । त्यस्तै राहुल त्रिपाटीले २१ ररङ बनाई आउट भए भने हेनरिक केल्सनले १७ रन जोड्दा कप्तान एडेन माक्ररमले १२ रन बनाए ।
चेन्नाईका लागि रविन्द्र जडेजाले ३ विकेट लिए भने मथिशा पथिराना, महेश थिक्सना र आकाश सिंहको नाममा समान १-१ विकेट रह्यो । १३५ रनको लक्ष्य लिएर मैदान उत्रेको चेन्नाईले १८ दशमलब ३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
चेन्नाईको लागि डेभन कन्वेले ७७ रनको अर्धशतकीय पारी खेले भने ऋतुराज गायकवाडले ३५ रन बनाए । हैदराबादका लागि मंयक मारकन्डेले २ विकेट लिए ।
प्रतियोगितामा चौथो जित निकालेको चेन्नाई ६ खेलमा ८ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने समान खेलमा ४ अंक जोडेको हैदराबाद नवौं स्थानमा रहेको छ ।