नवकान्तिपुर संवाददाता
काठमाडौं, १० बैशाख ।
भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । आइतबार भएको पहिलो खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई ७ रनले पराजित गरेको हो ।
जारी प्रतियोगितामा बैंगलोरको यो चौथो जित हो भने राजस्थानको तेस्रो हार । बैंगलोरको घरेलु मैदान एम चिन्नस्वामी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८९ रन बनायो ।
बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ७७ र फाफ डु प्लेसिस ६२ रनको अर्धशतकीय पारी खेले भने दिनेश कार्तिकले १६ रन जोड्नु भएक अन्यले दोहोरो अंक चुन सकेनन् । म्याक्सवेल र प्लेसिसले तेस्रो विकेटका लागि १२५ रनको शतकीय साझेदारी गरेका थिए । राजस्थानका लागि ट्रेन्ट बोल्ट र सन्दीप शर्माले समान २-२ विकेट लिए भने युजभेन्द्र चहल र रविचन्द्रन आश्विनको भागमा समान १-१ विकेट रह्यो ।
१९० रनको लक्ष्य लिएर मैदान उत्रेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रनमात्र बनाउन सक्यो । राजस्थानका लागि देवदत्त पडिकलले ५२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई पाँचौं जित दिलाउन सकेनन् । त्यस्तै यशस्वी जैसवालले ४७ रन बनाई आउट भए भने ध्रुव जुरेल ३४ रनमा अविजित रहँदा कप्तान सन्जु सामसन २२ रन जोडे ।
बैंगलोरका लागि हर्षल पटेलले ३ विकेट लिए भने डेभिड विल्ली र मोहम्मद सिराजको भागमा समान १-१ विकेट रह्यो । जिरसँगै चौथो खेलमा जीत् हार पारेको बैंगलोर ७ खेलमा ८ अंक जोड्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ भने समान खेलमा ८ अंक नै जोडेको राजस्थान रनरेटमा अघि रहँदै शीर्ष स्थानमा रहेको छ ।