नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ बैशाख ।
भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा गुजरात टाईटन्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा मुम्बई इन्डियन्सलाई ५५ रनले पराजित गरेको हो ।
जारी प्रतियोगितामा गुजरातको पाँचौं जित हो भने मुम्बईको चौथो हार । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०७ रन बनायो । गुजरातका लागि ओपनर शुभमन गिलले ५६ रनको अर्धशतकीय पारी खेले भने डेभिड मिलरले ४६ रनको योगदान दिए ।
त्यस्तै अनुभब मनोहरले ४२ रन बनाई आउट भए भने राहुल तिवतिया २० रनमा अविजित रहे । मुम्बईका लागि पियुष चावलाले २ विकेट लिए भने राईली मेरिडेथ, अर्जुन तेन्दुल्कर र कुमार कार्तिक्येको भागमा समान १-१ विकेट रह्यो ।
२०८ रनको लक्ष्य लिएर मैदान उत्रेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५२ रन मात्र बनाउँन सक्यो । मुम्बईका लागि निहाल वाधिराले ४० रन बनाए भने क्यामरुन ग्रीनले ३३ रन जोडे । यस्तै सुर्यकुमार यादवले २३, पीयुष चावलाले १८ र इशान किशनले १३ रन जोडे ।
गुजरातका लागि नूर अहमदले ३ विकेट लिए भने मोहित शर्मा र राशिद खानले समान २-२ लिँदा हार्दिक पान्ड्याको भागमा १ विकेट रह्यो । पाँचौं खेलमा जित निकालेको गुजरात ७ खेलमा ५ जित र २ हारका साथ १० अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ भने समान खेलमा ३ मा जित र २ मा हार व्यहोरेको मुम्बई ६ अंक सहित तालिकाको सातौं स्थानमा कायमै रहेको छ ।