नेपालद्वारा कतार सामू जितको लागि १५८ रनको लक्ष्य प्रस्तुत 

राजधानीमा जारी एसिसी प्रिमियर लिगको समूह चरणको अन्तिम खेलला नेपालले कतार सामू जितको लागि नेपाल १५८ रनको लक्ष्य दिएको छ ।

आज (बिहीबार) टियु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलब ३ ओभरमा अलआउट हुदै १५७ रन मात्र बनायो ।  नेपालका लागि सन्दीप लामिछानेले ४२ रन बनाए भने कप्तान रोहितकुमार पौडेलले  २७ रन जोडे ।



त्यस्तै ओपनर आसिफ शेखले १९ रन बनाई आउट भए भने दीपेन्द्र सिंह ऐरीले  १२ रन बनाउँदा सोमपाल कामी र आरिफ शेखले समान ११-११ रन जोडे । १० औं विकेटको लागि सन्दीप र ललित नारायण राजवंशीले ४६ रनको साझेदारी गरेपश्चात नेपालले १५० रन कटाएको थियो   ।

कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान ३-३ तथा गयान मुनवाराको भागमा २ विकेट रह्यो । आजको खेलले यस समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ । किर्तीपुरस्थित त्रिवि मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ  । यस समूहबाट नेपाल र ओमान सेमिफाइनल पुगिसकेका छन् ।  नेपाल समूह विजेता बन्ने योजानाका साथ मैदान उत्रदैछ । नेपाललाई समूह विजेता बन्न आज हुने अन्तिम खेलमा जित आवश्यक पर्दछ ।

नेपाल ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ लिगको दोस्रो स्थनमा छ भने ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा छ ।

१० राष्ट्र सहभागी प्रतियोगितामा पाँच पाँच राष्ट्रको दुई समूह रहेको छ । हरेक समहका दुई राष्ट्रले शनिबार हुने सेमिफाइनल खेल्नेछन् । समूह ‘ए’ को विजेता र समूह ‘बी’ का उपविजेता तथा समूह बी को विजेता तथा समूह ए को उपविजेता बीच सेमिफाइनल खेल हुनेछ ।

दुई सेमिफाइनलका विजेताबीच सोमबार फाइनल खेल रहेको छ । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसिसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।

सम्बन्धित समाचार