एसिया कप खेल्ने लक्ष्यका साथ मैदान उत्रदै नेपाल 

नेपाल एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपाल र यूएई भिड्दै छन् । आज (सोमबार) नेपाल र युएई भिड्न लागेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने बिहान ९ बजे खेल सुरु हुनेछ । नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यका साथ मैदान उत्रदैछ भने युएई पनि नेपाललाई हराउँदै चौथोपटक एसिया कपमा स्थान सुरक्षित बनाउने योजनामा रहेको छ  ।



यद्यपि आजको खेल वर्षाले प्रभावित हुने सम्भावना बढी रहेको छ  । यदि आजको खेल वर्षाले प्रभावित भएमा  मंगलबार रिर्जभ डेको व्यवस्था गरिएको छ । नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण नतिजाविहीन बनेपछि नेपाल समूह विजेताको रूपमा फाइनलमा पुगेको थियो ।

यता दोसो सेमिफाइनल युएईले ओमानलाई डीएल मेथडमा दुई रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । तर तर मंगलबार पनि वर्षाले खेल हुन नसके खेल सुपर ओभरको प्रयास गरिने छ । यदि सुपर ओभरको समेत खेल हुन नसके नेपाल एसिया कपमा पुग्नेछ ।

नियम अनुसार एकदिवसीय वरियतामा माथि रहने टोलीले एसिया कपमा स्थान बनाउने छ । एकदिवसीय वरियतामा नेपाल १४ औँ स्थानमा रहँदा युएई १९ औँ स्थानमा रहेको छ । जारी प्रतियोगितामा नेपाल अपराजित रहेको छ । एसिसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै युएई र नेपालले आगमी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएका छन् ।

सम्बन्धित समाचार