युएईमाथि सानदार जित निकाल्दै नेपाल एसिया कपमा 

नेपाल एसिया कपमा छनोट भएको छ । आज (मंगलबार) भएको खेलमा एसिसी प्रिमियर कपको फाइनलमा युएईमाथि ७ विकेटको सानदार जित निकाल्दै नेपाल एसिया कपमा छनोट भएको हो ।

नेपाल र युएईबीच फाइनल खेल सोमबार वर्षाका कारण स्थगित भएपछि आज पुन: खेलाईएको खेलमा युएईले थप ११ रन जोड्दै अलआउट भएको हो । सोमबार बाँकी रहेको खेल आज मंगलबार रिजर्भ डेमाभएको हो ।



कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइलन खेलमा टस हारेर पहिले ब्याटिंग गरेको युएईले ३३.१ ओभरमा अल आउट हुँदै ११७ रनमा समेटिएको हो । वर्षाका कारण प्रभावित भएको खेल आजका लागि सारिएको थियो । यसअघि सोमबार नै १६ ओभरको समाप्तिमा युएई ६० रन जोडेर ५ विकेट गुमाएको अवस्थामा वर्षा सुरु भएसँगै नेपाल र युएईबीचको खेल रोकिएको थियो । तर केही समयमा नै वर्षा रोकिएपछि पुन खेल सुरु भएको थियो ।

युएईमाथि सानदार जित निकाल्दै नेपाल एसिया कपमा 

युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाए भने आर्यन लाक्राले १३ रन जोडे । यस्तै मोहम्मद वासिम ११ रन बनाई आउट भए भने बसिर हमिद र जुनैद सिद्दिकीले समान १०-१० रन बनाए । नेपालका लागि ललित राजबंशीले ४ विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले समान २-२ विकेट लिँदा गुल्शन झा र सोमपाल कामीको भागमा समान १-१ विकेट रहयो ।

११८ रन्को लक्ष्य लिएर मैदान उत्रेको नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि गुलसन झाले ८४ बलमा ३ चौका र ६ छक्काको मद्दत अविजित रहँदै६७ रनको अर्धशतकीय पारी खेले भने भीम सार्की ३६ रनमा अविजित रहे । एकदिवसीय अन्तराष्ट्रियमा गुलसनको यो  दोस्रो अर्धशतक हो  ।

गुलसन र भीमले चौथो विकेटका लागि ९२ रनको अविजित साझेदारी गरेका थिए । खराब सुरुवात गरेको नेपालका दुवै ओपनर दोहोरो अंक नजोडी आउट भएका थिए । कुशल भुर्तेल दोस्रो ओभरमा १ रनमा आउट हुँदा अर्का ओपनर आसिफ शेख ८ र कप्तान रोहितकुमार पौडेल १ रनमा आउट भए ।

युएईका लागि रोहन मुस्तफाले २ विकेट लिए भने आयान खानको भागमा १ विकेट रह्यो । यसअघि नेपाल समूह ‘ए’ को विजेता बन्दै फाइनलमा पुगेको थियो । सेमिफाइनलमा कुवेतसँगको खेल वर्षाको कारण नतिजाविहीन भएपछि नेपाल समूह विजेताका रुपमा फाइनलमा पुगेको हो । साथै युएईले सेमिफाइनल खेलमा ओमानलाई दुई रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

नेपाल पहिलो पटक एसिया कप मा छनोट भएको हो  । नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण नतिजाविहीन बनेपछि नेपाल समूह विजेताको रूपमा फाइनलमा पुगेको थियो । यता दोसो सेमिफाइनल युएईले ओमानलाई डीएल मेथडमा दुई रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

जारी प्रतियोगितामा नेपाल अपराजित रहँदै उपाधि जितेको हो । एसिसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै युएई र नेपालले आगमी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएका छन् ।

 

सम्बन्धित समाचार