आईपीएलमा मुम्बईद्वारा बैंगलोर पराजित   

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा मुम्बईले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गरेको हो ।

जारी प्रतियोगितामा मुम्बईको यो छैटौं जित हो बहने बैंगलोरको छैटौं हार ।  मुम्बईको घरेलु मैदान वांनखडे स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९९ रन बनाएको थियो । बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ६८ र कप्तान फाफ डु प्लेसिसले ६५ रन्को अर्धशतकीय पारी खेले भने दिनेश कार्तिकले ३० रन बनाए ।



आईपीएलमा मुम्बईद्वारा बैंगलोर पराजित   

मुम्बईका लागि जेसन बेह्रेनडर्फले ३ विकेट लिए भने कुमार कार्तिके, क्रिस जोर्डन र क्यामरुन ग्रीनको भागमा समान १-१ विकेट रह्यो । २०० रनको लक्ष्य लिएर मैदान उत्रेको मुम्बईले १६ दशमलब ३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईको लागि सूर्यकमार यादव र  निहाल वादेराले अर्धशतकीय परी खेल्दै क्रमश: ८३ र ५१ रन बनाए । यस्तै इशान किशनले ४२ रन जोडे ।

आईपीएलमा मुम्बईद्वारा बैंगलोर पराजित   

बेंगलोरका लागि विजयकुमार बैशाख र वानिंदु हसरंगाले समान २-२ विकेट लिए । जितसँगै मुम्बई ११ खेलमा ६ जित र ५ हारसहित १२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने समान खेलमा ५ जित र ६ हारका साथ १० अंक जोडेको बैंगलोर तालिकाको सातौं स्थानमा झरेको छ ।

सम्बन्धित समाचार