नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ साउन ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालको स्थान यथावत् रहेको छ । बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल १७५ औं स्थानमा रहेको हो ।
नेपाल यसअघिको वरीयतामा पनि १७५ औं स्थानमा रहेको थियो । दक्षिण एसियाली राष्ट्रको वरीयतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत ९९ औं स्थानमा रहँदा माल्दिभ्स भने १५५ औं स्थानमा रहेको छ । दक्षिण एसियाली राष्ट्रमा नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । भुटान १८५ औं, बंगलादेश १८९ औं, पाकिस्तान २०१ औं र श्रीलंका २०४ औं स्थानमा रहेका छन् ।
त्यस्तै विश्व वरियताको शीर्ष स्थानमा अर्जेन्टिना रहेको छ भने दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इङ्ग्ल्यान्ड र पाँचौ स्थानमा बेल्जियम रहेका छन् । यस्तै छैटौंमा क्रोएसिया, सातौंमा नेदरल्यान्ड्स, आठौंमा इटाली, नवौंमा पोर्चुगल र दशौं स्थानमा स्पेन रहेका छन् ।