सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ । केही समय अघिदेखि १८ बुँदे माग राखी आन्दोलनरत शिक्षक र सरकारका बीच ६ बुँदे सहमति भएपछि शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन पनि फिर्ता भएको छ ।

सहमतिअनुसार अब शिक्षकहरूको पनि मर्यादाक्रम तोकिने भएको छ भने प्रत्येक दश दश वर्षमा शिक्षकहरूको आवधिक बढुवा पनि हुने भएको छ ।



सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिमा राहत शिक्षकहरूले भने आफ्नो असहमति रहेको जनाएका छन् ।

सम्बन्धित समाचार