नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ असोज ।
भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले सानदार सुरुवात गरेको छ । बिहीबार भएको पहिलो खेलमा इङ्ल्याण्डलाई ९ विकेटले पराजित गर्दै न्युजिल्याण्डले प्रतियोगितामा सानदार सुरुवात गरेको हो ।
भारतको अहमेदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले ९ विकेट गुमाउँदै २८२ रन बनाएको थियो । इङ्ल्याण्डको लागि जोरुटले ७७ रनको अर्धशतकीय पारी खेले भने जस बटलरले ४३ रन बनाए । त्यस्तै जोनी ब्रेस्टो ३३ रन बनाई आउट भए भने ह्यारी ब्रोकले २५ रन जोडे ।न्युजिल्याण्डका लागि माट हेनरीले ३ विकेट लिए भने मिचेर सेन्टनर र ग्लेन फिलिप्सले समान २-२ विकेट लिँदा ट्रेन्ट बोल्ट र रचिन रबिन्द्रको भागमा समान १-१ विकेट रह्यो ।
२८३ रनको लक्ष्य लिएर मैफ्दन उत्रेको न्युजिल्याण्डले १ विकेट गुमाउँदै पुरा गर्यो । न्युजिल्याण्डको लागि डेबोन कान्वे र रचिन रवीन्द्रले शतकीय पारी खेल्दै क्रमश: १५२ र १२३ रन बनाए । इङ्ल्याण्डका लागि साम कुरानले एक विकेट लिए । प्रतियोगिता अन्तर्गत आज भारतको हैदराबादमा दिउँसो सवा २ बजे नेदरल्यान्ड्स र पाकिस्तान भिड्दै छन् ।