नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असोज ।
जुवातास खेलिरहेको अवस्थामा डडेल्धुरामा पाँच जना पक्राउ परेका छन् । डडेल्धुरा अमरगढी नगरपालिका-५ कीर्तिपुर बस्ने करन रोकायको घरको आँगनमा जुवातास खेलिरहेको अवस्थामा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष ओझासहित ५ जना रहेका छन् । उनीहरुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्याल डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले जुवाखालबाट नगद ५८ हजार ८ सय ५० रुपैयाँ र ९ गड्डी तास बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।