नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ कार्तिक ।
भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।
जारी प्रतियोगितामा दक्षिण अफ्रिकाको यो सातौ जित हो भने अफगानिस्तानको पाँचौं हार । अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २४५ रन बनाएको थियो । अफगानिस्तानका लागि अज्मतुल्लाह ओमरजाइले अविजित रहँदै ९७ रनको अर्धशतकीय पारी खेले भने रहमत शाह र नुर अहमदले समान २६-२६ रन बनाए ।
त्यस्तै रहमानुल्लाह गुर्बाजले २५ रन बनाई आउट भए भने इब्राहिम जाद्रनले १५, राशिद खानले १४ र इक्रम अलिखिलले १२ रन जोडे । दक्षिण अफ्रिकाका लागि जेराल्ड कोएट्जीले ४ विकेट लिए भने लुङ्गी एनगिडी र केशव महाराजले समान २-२ विकेट लिँदा एन्डिले फेहलुक्वायोको भागमा एक विकेट रह्यो । २४५ रनको लक्ष्य लिएर मैदान उत्रेको दक्षिण अफ्रिकाले ४७.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
दक्षिण अफ्रिकाका लागि रास्सी भान डेर डुसेनले अविजित रहँदै ७६ रनको अर्धशतकीय पारी खेले भने क्विनटन डिककले ४१ रन बनाए । यस्तै एन्डिले फेहलुक्वायोले ३९ रनमा अविजित रहँदा एडेन मार्क्ररमले २५, डेविड मिलरले २४ र कप्तान टेम्बा बाभु्माले २३ रन बनाए ।
अफगानिस्तानका लागि मोहम्मद नाबी र राशिद खानले समान २-२ विकेट लिए भने मुजिब उर रहमानको भागमा एक विकेट रह्यो । जितसँगै दक्षिण अफ्रिका ९ खेलमा ७ जित र २ हारसहित १४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ समान खेलमा ४ जित र ५ हारसहित ८ अंक जोडेको अफगानिस्तान तालिकाको छैटौं स्थानमा रहेको छ ।
त्यसअघि