नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ चैत l
झापाको मेचीनगर नगरपालिका-१३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २० मिलिग्रामसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बुद्धशान्ति गाउँपालिका-३ बस्ने २९ वर्षीय भिम बहादुर मगर र सोही गाउँपालिका-२ बस्ने २४ वर्षीय रोशन उपरकोटी रहेका छन् । इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तै, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ८ सय ५० मिलिग्रामसहित गोदावरी नगरपालिका-४ बस्ने २२ वर्षीय बिषाल ऐडीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।