नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ चैत ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा नौ जना फेला परेका छन् । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल पोखरी बस्ने ४६ वर्षीय बिजय श्रेष्ठ आफ्नै घरभित्र बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै मोरङ, सुन्दरहरैचा नगरपालिका-१२ डेरा गरी बस्ने पाँचथर फिदिम नगरपालिका- २ घर भएकी ३८ वर्षीया सरिता श्रेष्ठ आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै भक्तपुर, चाँगुनारायण नगरपालिका-९ इटाछास्थित चुनदेवि इँटा भट्टाको झ्याउलीमा सोही भट्टामा काम गर्ने रोल्पा परिवर्तन गाउँपालिका-४ घर भएका ४० वर्षीय मन बहादुर बुढा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
उता लमजुङ, मध्यनेपाल नगरपालिका-७ भाटबेसी बस्ने ४९ वर्षीय प्रकाश पराजुली सोही ठाउँस्थित केरा घारीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै चितवन, भरतपुर महानगरपालिका-१ देवघाटस्थित त्रिपुरेश्वर मन्दिरको प्यासेजमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यता काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ नैकापस्थित कीर्तिपुर चन्द्रागिरी जोड्ने झुलुङ्गे पुल नजिक बल्खु खोलामा सप्तरी राजगढ गाउँपालिका-२ घर भई काठमाडौं नैकाप फरेस्ट पाखा बस्ने ३२ वर्षीय बैभव सिंह मंगलबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी धनुषा, धनुषाधाम नगरपालिका-५ पर्वता बस्ने राज किशोर महतोकी छोरी १२ वर्षीय राधिका महतो आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
घटनाको थप अनुन्धानको लागि मृतकको सौतेनी (कान्छी) आमा र हजुरआमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी पाल्पा, रिब्दिकोट गाउँपालिका-१ ख्यास्थित लप्सीखोला बस्ने दल बहादुर सुनारकी छोरी १८ वर्षीया पद्मा सुनार सोही ठाउँस्थित खरबारीमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
उता सर्लाही, कबिलासी नगरपालिका-३ बिनगरास्थित पोखरीमा सोही नगरपालिका-६ जमुनिया बस्ने बिजय रायको छोरा ५ वर्षीय कृष्ण कुमार राय मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।