नवकान्तिपुर संवाददाता
काठमाडौं, २० चैत ।
मृत अवस्थामा देशका विभिन्न स्थानबाट दुई जना फेला परेका छन् ।
कैलालीको लम्कीचुहा नगरपालिका-६ बचैलास्थित चरीला नदीको किनारमा बर्दगोरीया गाउँपालिका-२ बस्ने ६५ वर्षीय गगन सिंह कार्की सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै धनकुटाको महालक्ष्मी नगरपालिका-९ सिद्धकाली टोलस्थित सडकमा पहिचान नखुलेको अन्दाजी २ महिनाको नवजात शीशु सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।