गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा रविले कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।

रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जोशीले जानकारी दिए । रविकी श्रीमतीले गत २० चैतमा ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।



उक्त उजुरीपछि रविविरुद्ध कञ्चनपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

 

सम्बन्धित समाचार