नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ जेठ ।
नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड रिहा भएका छन् । बिहीबार जिल्ला अदालत कञ्चनपुरको आदेशपछि उनी ५ लाख धरौटीमा रिहा भएका हुन् ।
रवि बिहीबार साँझ रिहा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । गत साता वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा रविले कञ्चनपुरको कृष्णपुर नगरपालिकाको इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।
रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भएको थियो । उनकी श्रीमतीले गत २० चैतमा ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । उक्त उजुरीपछि रविविरुद्ध कञ्चनपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।