विश्व कीर्तिमान कायम गर्न कालापत्थरमा रेस्लिङ

विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमान कायम गर्न मे २९ अर्थात ‘एभरेष्ट डे’को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।

नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा मंगलबार ५ हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङको मैत्रीपूर्ण खेल सम्पन्न भएको हो । सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित कालापत्थरमा पहिलोपटक अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिता सम्पन्न गरिएको हो ।



नेपालको पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) र अमेरिकाकी रेस्लर डानियल मोरिसन (डानी मो) बिच सम्पन्न मैत्रीपूर्ण प्रतिष्पर्धामा नेपालकी भगवति खड्का बिजयी भइन् ।

रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान बनाउने सपना देख्दै आएकी खड्काले बिश्वमा हालसम्म यति उचाइमा रेस्लिङ खेल नखेलिएकोले यो बिश्व रेकर्ड हुने दावी गरिन् र यसलाइ हास्य प्रस्तुति सहित हास्य कलाकार शिव शंकर रिजाल (जोगिन्दार पानवाला)ले प्रतियोगिताको कार्यक्रम सन्चालन गरेका थिए ।

मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् । कार्यक्रममा अल एराउड ट्रेक्सका एमडी सोनम शेर्पाले सहजीकरण गरेका थिए ।

तस्वीर : बिष्णुकान्त घिमिरे

सम्बन्धित समाचार