सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले फेरि दिएन भिसा

अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रो पटक पनि भिसा दिन अस्वीकार गरेको छ । सन्दीपलाई यसअघि अमेरिकी दूतावासले ९ जेठमा भिसा दिन अस्वीकार गरेको थियो ।

तर सरकारको पहलमा उनलाई पुनः आज अमेरिकी दुतावासले ४ बजेका लागि अन्तर्वाता दिन बोलाए पनि भिसा दिन भने अस्वीकार गरेको हो ।परराष्ट्र मन्त्रालयले दूतावासलाई ‘भिसा नोट’ पठाएसँगै लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको थियो ।



बलात्कार मुद्दामा पाटन उच्च अदालतबाट सफाइ पाएसँगै सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिख देखि सुरु हुने आइसिसी टी–२० विश्वकप खेल्न जाने तयारी गरेका थिए ।

 

सम्बन्धित समाचार