नवकान्तिपुर संवाददाता
काठमाडौं, २० जेठ ।
टी-२० विश्वकप क्रिकेटमा आयोजक अमेरिकाले विजयी सुरुवात गरेको छ । आइतबार बिहान भएको खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो ।
अमेरिकाको डालासमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । क्यानडाको लागि नभनित धलिवालको ६१ र निकोलस कृटोनले ५१ रनको अर्धशतकीय पारी खेले भने एरोन जोनसोनले २३ रन जोड्दा दिलप्रित बजवाले ११ रन बनाए ।
अमेरिकाको लागि अलि खान, हर्मित सिंह र कोरी एन्डरसनले समान १-१ विकेट लिए । १९५ रनको लक्ष्य लिएर मैदान उत्रेको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्याे । अमेरिकाको लागि एरोन जोनेसले ४० बलमा ४ चौका र १० छक्का प्रहार गर्दै अविजित रहँदै ९४ रनको अविजित पारी खेले भने आन्द्रेस गौउसले ६५ रन जोड्दा कप्तान मोनक पटेलले १६ रन बनाए । क्यानडाका लागि कलिम साना, डिलोन ह्यालिन्गर र निखिल दतले समान १-१ विकेट लिएका थिए ।
प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार राति ८ बजे वेस्ट इन्डिज र पपुवा न्युगिनी (पिएनजी)भिड्दै छन् ।