टी–२० विश्वकप क्रिकेटमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको हो ।

अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर एक सय ६ रन बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३५ रन बनाए भने करन केसीले १७ रन जोडे । त्यस्तै गुल्सन झाले १४ र अनिल साहले ११ रन बनाउनु बाहेक अन्यले खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।



नेदरल्यान्ड्सका लागि टिम प्रिङगनल र लगन भान वीकले समान ३-३ विकेट लिए भने बास डी लिड र मकेरेनको भागमा समान २-२ विकेट रह्यो । एक सय सात रनको लक्ष्य लिएर मैदान उत्रेको नेदरल्यान्ड्सले १८ दशमलव चार ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओडाउडले ४८ बल मा एक छक्का र चार चौका प्रहार गर्दै अविजित रहँदै ५४ रनको अर्धशतकीय पारी खेले भने विक्रमजित सिंहले २२ रन जोड्दा सेब्राण्ड एन्जेलब्रेचिटले १४ र बास डी लिड ११ रनमा अव्जित रहे । नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनास बोहराले समान १-१ विकेट लिए । नेपालले अब आफ्नो दोस्रो खेल यही जेठ २९ गते श्रीलङ्कासित अमेरिकाको फ्लोरिडामा खेल्नेछ ।

सम्बन्धित समाचार