नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा शाक्य

नेपाल आँखा अस्पतालको सञ्चालक समितिको २२६औं बेठकले मेडिकल डाइरेक्टरमा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. किरण शाक्यलाई नियुक्त गरेको छ । उनलाई २ वर्षको लागि नियुक्त गरेको हो ।

डा शाक्य विगत लामो समयदेखि सोही अस्पतालमा फेको तथा भिट्रो रेटिनल सर्जनका रुपमा कार्यरत थिए ।



हालै उनी ‘सर्जन अफ द इयर’ पुरस्कारबाट पनि सम्मानित भएका थिए ।

त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताल २०३० साल चैत्र २६ गते स्थापना भएको नेपालको सबैभन्दा जेठो तथा सुविधासम्पन्न अस्पताल हो ।

सम्बन्धित समाचार