आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल र क्यानडा भिड्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत दोस्रो त्रिकोणात्मक सिरीज खेल्न लागेको नेपालले आज क्यानडासँग खेल्दैछ । क्यानडाको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

जारी सिरिजमा नेपाल क्यानडा र ओमानको सहभागिता रहेको छ । नेपाल आज घरेलु टोलीलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने योजनाका साथ मैदान उत्रदै छ भने यता क्यानडा पनि नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा रहेको छ ।



विश्वकप लिग- २ मा आज पहिलो खेल खेल्न लागेको नेपालले दोस्रो खेल सेप्टेम्बर १८ मा ओमानसँग, तेस्रो खेलमा सेप्टेम्बर २२ मा पुन:क्यानडासँग खेल्दा सिरिजको अन्तिम खेल सेप्टेम्बर २४ मा फेरि ओमानसँग खेल्नेछ । विश्वकप लिग- २को सिरिज पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज पनि खेल्ने कार्यतालिका रहेको छ ।

त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले क्यानडासँग २८ सेप्टेम्बर र १ अक्टोबरमा खेल्नेछ भने २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्ने तालिका रहेको छ । ८ टोली सहभागी विश्वकप लिग- २ का शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने छन् ।

 

सम्बन्धित समाचार