सवारी दुर्घटनामा सात जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-१४ चाउथेस्थित सडकमा बा.प्र.०३-००१ ख २१६६ नम्बरको कन्टेनर र ग.२३ प ४४७३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक म्याग्दी घर भएका ३७ वर्षीय खुमराज तिलिजाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले कन्टेनर चालकलाई नियन्त्रणमा लिएको छ । त्यस्तै दोलखा, गौरीशंकर गाउँपालिका-४ कोठेडाँडास्थित सडकमा सिंगटीबाट झ्याकुतर्फ जाँदै गरेको बा.२० च ७२६६ नम्बरको बोलेरो गाडी सडकबाट करिब २ सय मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा बोलेरोमा सवार सोही गाउँपालिका-३ बस्ने ७५ वर्षीया काली शेर्पा र ६० वर्षीया पसि शेर्पाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको रोल्वालिङ सामुदायिक अस्पताल सिंगटीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै बारा, निजगढ नगरपालिका-८ स्थित तामागढी गेट नजिक बा.६३ प ७३३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालक सर्लाही धनकौल गाउँपालिका-२ बस्ने ३७ वर्षीय दिनेश साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको वयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी बारा, निजगढ नगरपालिका-८ स्थित उनासी पुलमा ना.८ ख ११६४ नम्बरको बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खसेर गए राती दुर्घटना हुँदा बसमा सवार दाङ देउखुरी गटवा गाउँपालिका-५ बस्ने ४५ वर्षीय चेतन राय यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका बसमा सवार २७ जनाको सामुदायिक प्रसुती गृह अस्पताल निजगढ, ७ जनाको बयोधा अस्पताल र ८ जनाको सिटी अस्पताल बारामा उपचार भइरहेको छ । उता मोरङ, बिराटनगर महानगरपालिका-१४ हनुमान मन्दिरस्थित सडकमा पार्किङ गरी राखेको युपि ३६ पि २८९१ नम्बरको ट्रकमा प्रदेश १-०२-०४४ प ८०८५ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार राती दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका-१० सोमबारे बस्ने २५ वर्षीय कृष्ण मण्डलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता पर्सा, वीरगंज महानगरपालिका-४ स्थित सडकमा हाल नम्बरको नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको आइतबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मुत्यु भएको हो । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार